समाचारशुक्रबार, माघ ३, २०७०
डिन नियुक्तिविरुद्ध डाक्टरहरु कडा आन्दोलनमा देशभरकै अस्पताल बन्द गर्ने चेतावनी
नेपाल चिकित्स संघले अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको सात बुँदे र संघको पाँच बुंदे माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिंदै त्यसो नभए ५ माघदेखि देशभरका सम्पूर्ण अस्पताल अस्पताल ठप्प पार्ने चेतावनी दिएको छ ।
३ माघ अपराह्न आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष डा. अञ्जनीकुमार झाले भने, “अहिलेसम्म हाम्रो आवाज कसैले सुनेन अब हामी एक्सनमा जान्छौं, सवै निजी, सरकारी अस्पताल ठप्प पार्छौं ।”
संघले देशभरका अस्पताल बन्द हुनसक्ने भन्दै सबै बिरामीहरुलाई २४ घण्टाअघि नै आफ्नो स्वास्थ्य जाँच गर्न आह्वान गरेको छ ।
‘काठमाडौं नहल्लाई देश हल्लँदैन’ भन्दै अध्यक्ष झाले थपे, “मोफसलका डाक्टरहरु, जहाँ जुन अवस्थामा हुनुहुन्छ, काठमाडौं आउन म आहृवान गर्दछु ।”
त्यस्तै संघले शिक्षामन्त्री माधव पौडेलको राजीनामा माग पनि गरेको छ ।
डाक्टरहरुले भीसी कार्यालय घेरे
प्राध्यापक केसीको समर्थनमा धरानमा आन्दोलन
