थप समाचारशुक्रबार, माघ ३, २०७०
भारतमा मन्त्री पत्नी मृत फेला
दिल्ली प्रहरीका प्रवक्ता राजन भगतले सुनन्दाको मृत्यु भएको पुष्टी गरेका छन् । सुनन्दाको शव एक पाँच तारे होटलमा फेला परेको हो । समाचार एजेन्सी पिटीआईले आफ्नो सुत्रलाई हवाला दिँदै मन्त्री शशी थरुर आफैले मृत्युको खबर प्रहरीलाई दिएको जनाएको छ । उनीहरूको विवाह सन् २०१० मा भएको थियो ।
केही दिन पहिला पाकिस्तानी पत्रकार मेहर तरार र सुनन्दाबीच सामाजिक सञ्जाल ट्विटरमा टक्कर परेको थियो । त्यसपछि शशी र उनकी श्रीमती सुनन्दाले सुखमय वैवाहिक जीवन बिताईरहेको संयुक्त बयान जारी गरेका थिए ।
एजेन्सीहरू
