समाचारशनिबार, माघ ४, २०७०
काँग्रेस कार्यकर्तामाथि गोली प्रहार
काँग्रेस कार्यकर्ता मीनकृष्ण महर्जन र मिलन सिलवाललाई ४ माघ विहानै गोली लागेको हो । तिर्घामा गोली लागेको उनीहरूको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनीहरु खतरा मुक्त अवस्थामा छन् ।
गोली चलाएको आशंकामा तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
