थप समाचारशनिबार, माघ ४, २०७०

जन्मदर्ता गराउनेलाई उपहार

हिमालखबर

धिरापुर गाविसका सचिव राजेशकुमार शर्माले धीरापुर गाविसभित्र जन्मने प्रत्येक बालबालिकालाई जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइएमा अभिभावकलाई उपहार दिने घोषणा गरेका हुन । शर्माले जन्मदर्ताका लागि आउने प्रत्येक बच्चालाई गाविसको कार्यालयले एक थान लालतेल उपलब्ध गराउने बताए ।

नवजात शिशुको स्याहार, शारीरिक वृद्धि, बलियोपना र छिटो विकासका लागि लालतेल सहायक रहेको भन्दै सचिव शर्माले आफ्नो गाविसभित्र जन्मने बालबालिकाहरुलाई समयमै जन्मदर्ता गराइएमा तेल उपहार स्वरुप उपलब्ध गराइने बताए । गाविसमा जन्मदर्ता दर बढाउन र बालबालिकाहरुको अधिकार सुरक्षित गर्न यो अभियान चलाइएको उनको भनाइ थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>