समाचारआइतबार, माघ ५, २०७०
नेतृत्व परिवर्तन हुँदैनः दाहाल
एमाओवादी जारी केन्द्रीय कमिटीको बैठकमा नेता बाबुराम भट्टराईलगायतले पार्टी नेतृत्व छोड्न दबाब दिएपछि दाहालले नेतृत्व छोड्दा पार्टीमा थप संकट आउने भन्दै नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।
५ माघमा इलाम जाने क्रममा विराटनगर विमानस्थल आइपुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै ‘कम्युनिष्ट आन्दोलनमा कुनै एउटा चुनाव हार्दैमा राजीनामा दिनु नपर्ने’ दाबी गरे ।
उनले भने, “बुर्जुवा पार्टीको जस्तो तथाकथित नैतिकताको प्रश्न कम्युनिष्ट पार्टीमा उठ्दैन ।”
पार्टी समस्यामा परेको बेलामा नेतृत्वलाई अझ बलियो बनाएर लैजानुपर्ने भन्दै उनले नेतृत्व परिवर्तनको माग नै जायज नभएको बताए ।
दाहालले एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति र सरकारको बिषयमा कुनै चासो नराखी एक बर्ष भित्र संविधान निर्माण गर्ने तर्फ ध्यान केन्द्रीत गरेको बताएका थिए ।
कमल रिमाल, विराटनगर
