समाचारआइतबार, माघ ५, २०७०
राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरे
अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का अध्यक्षको सिफारिसमा राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदको पहिलो अधिवेशन १२ माघ अपराह्न ३ बजेका लागि आह्वान गरेका छन् ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आजै राष्ट्रपति यादवलाई भेटेर संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए ।
—————————————————————————————————————————
संसद् अधिवेशन १२ माघमा बोलाउन सिफारिस
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन १२ माघमा बोलाउन राष्ट्रपति रामवरण यादवसमक्ष आज सिफारिस गरेका छन् ।
राष्ट्रपति रामवरण यादवलाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले शीतल निवासमा भेट गरी १२ माघ दिउँसो ३ बजे व्यवस्थापिका संसदको अधिवेशन बोलाउन सिफारिस गरेको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
अन्तरिम संविधान, २०६३ को धारा ५१ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्ने प्रावधान छ ।
रासस
