समाचारसोमबार, माघ ६, २०७०
ज्येष्ठ सदस्य थापालाई सपथ

राष्ट्रपति रामवरण यादवबाट ६ माघमा संविधानसभा अध्यक्षको पद तथा गोपनीयताको सपथ लिदैं संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापा । तस्वीरः बिक्रम राई/हिमालखबर
राष्ट्रपति यादवले ६ माघमा ज्येष्ठ सदस्य थापालाई अध्यक्षको पद तथा गोपनीयताको सपथ गराएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहमा थापाले सपथ लिए ।
संविधानसभाले नयाँ अध्यक्ष निर्वाचन नगरुन्जेल थापाले सो पदको जिम्मेवारी लिनेछन् । समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको उपस्थिति थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका थापालेसंसद् सचिवालयमा पनि पदभार ग्रहण गर्दैछन् । थापाले ७ माघमा संविधानसभाका अन्य सदस्यलाई सपथ गराउने छन् ।
