समाचारसोमबार, माघ ६, २०७०

अस्पतालमा बन्द–हड्ताल नगर्न सर्वोच्चको आदेश

हिमालखबर

सर्वोच्चले अत्यावश्यकीय सेवा भएकाले अस्पतालमा बन्द–हड्ताल नगर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ६ माघमा आदेश जारी गरेको हो ।

आदेशमा तत्कालै बन्द अस्पतालमा स्वास्थ्य सेवा संचालन गर्न भनिएको छ । अत्यावश्यकीय सेवा ऐन विपरित चिकित्सकले हड्ताल गरेको भन्दै अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले ३ माघमा रिट दायर गरेको थिए ।

रिटमा अस्पतालको काम कारवाही अवरुद्ध हुने गरी हड्ताल नगर्न र नगराउने आदेश माग गरिएको थियो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गरी निश्चित मापदण्ड बनाउनुपर्ने लगायतका माग राख्दै केसीले शुरु गरेको अनशनप्रति ऐक्यवद्धता जनाउँदै शिक्षण अपस्तालका चिकित्सकहरुले सेवा बन्द गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>