समाचारसोमबार, माघ ६, २०७०
महिला बेचबिखनको आरोपमा एमाओवादी नेताविरुद्ध मुद्दा
स्थानीय एक महिलाले आफूलाई भारतको मुम्बईमा पौडेलले बिक्री गरेको भन्दै मुद्दा दर्ता गराएकी छन् । मुम्बईबाट चितवन फर्किएकी उनले ६ माघमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
ती महिलाले ८ वैशाखमा मुम्बईमा आफूलाई पौडेलले बेचेको दावी गरेकी छन् । काममा लगाउने लोभ देखाएर मुम्बईमा लगेको पौडेलले आफूलाई पाँच लाख रुपैंयामा बिक्री गरेको ती महिलाको भनाइ छ । उनी १० पुसमा मुम्बईबाट भागेर नेपाल आएकी हुन् ।
उनकै उजुरी पछि जिल्ला प्रहरी कार्यालय चितवनले ३ माघमा पौडेललाई पक्राउ गरेको छ । आरोपी पौडेल एमाओवादी निकट सुकुम्बासी मोर्चा चितवनमा सदस्य हुन् ।
पक्राउ परेका पौडेलको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक जीबलाल चुदालीले बताए ।
सविता श्रेष्ठ, चितवन
