थप समाचारमंगलबार, माघ ७, २०७०

एक वर्षमा संविधान, माघभित्रै सरकारः खनाल

हिमालखबर

७ माघमा संविधानसभा सदस्यको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै एमाले अध्यक्ष झलनाथ खनालले अहिलेको संविधानसभाको संरचनाले गर्दा एक वर्षभित्र संविधान निर्माण सम्भव हुने बताएका छन् ।

उनले विगतमा संविधान निर्माणका लागि सहमति भइसकेको विषयमा एमाओवादीले फेरि किचलो गर्दा संविधान निर्माण हुन नसकेको भन्दै यसपटक भने त्यसो हुने बताए ।

माघ महिनाभित्रै सरकार गठन पनि भइसक्ने खनालको भनाई छ । उनले विगतमा संविधानसभा पनि संसदजस्तो भएको टिप्पणी गर्दै यसपटक सबै राजनीतिक दलहरु संविधान निर्माणमै केन्द्रित हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>