समाचारमंगलबार, माघ ७, २०७०
डिन नियुक्ति निष्क्रिय पार्न अध्यक्ष रेग्मीको निर्देशन (विज्ञप्तिसहित)
उपकुलपति हिराबहादुर महर्जनलाई ७ माघमा पत्र लेखि मन्त्रिपरिषद अधयक्ष खिलराज रेग्मीले डिन शशि शर्माको नियुक्तिलाई २४ घण्टाभित्रै निष्क्रिय पार्न निर्देशन दिएका छन् ।
शिक्षण अस्पतालका आन्दोलरत डाक्टरहरुले सामूहिक राजीनामाको तयारी गरेपछि त्रिविका कुलपतिसमेत रहेका अध्यक्ष रेग्मीले ‘तत्काल निर्णय नलिने हो भने आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीको जीवन खतरामा पर्ने भएकाले’ नियुक्ति निष्क्रिय पार्न निर्देशन दिएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिए ।
गौतमले भने, “डिन नियुक्ति कार्यन्वयन नगर्न निर्देशन भएको छ ।”
उपकुलपतिलाई लेखिएको पत्रमा ‘शर्माको नियुक्ति कार्यान्वयनको स्थिति जे जस्तो अवस्थामा भएपनि तत्काल निश्कृय राख्नु,’ भनिएको छ ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति :

