समाचारमंगलबार, माघ ७, २०७०
डा भगवानले पनि राजीनामा गरे
वरिष्ठ मुटु रोग विशेषज्ञ एवम् त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा भगवान कोइरालाले राजीनामा दिएका छन् । अनसनरत डा गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले सामूहिक राजीनामा दिंदै गरेको अवस्थामा डा. कोइरालाले पनि राजीनामा दिएका हुन् ।
नवनियुक्त डिनको नियुक्ति खारेजीलगायतका माग राखी २७ पुसदेखि अनशनरत डा केसीको समर्थनमा देशभरका चिकित्सकहरु आन्दोलित भएका छन् ।
