थप समाचारमंगलबार, माघ ७, २०७०

दाङका चिकित्सकहरु पनि आन्दोलित

हिमालखबर

डा. गोविन्द केसीका मागप्रति समर्थन र उनको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ केन्द्रीय समितिको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै नेपाल चिकित्सक संघ दाङले ८ माघदेखि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाहरु भने आकस्मिक सेवा (इमर्जेन्सी) कक्षबाटै प्रदान गरिने चिकित्सकहरुले जनाएका छन् ।

संघका दाङ जिल्ला अध्यक्ष डा. जनार्दन पन्थीको अध्यक्षतामा बसेको बैठकले डा. केसीको माग प्रति ऐक्यवद्धता जनाउने, परिस्थितिको गाम्भिर्यलाई बुझेर समयमै समाधान नभए शाखाका सम्पूर्ण चिकित्सकहरुले सामूहिक राजिनामा दिने पनि निर्णय गरेको छ ।

देविका घर्ती मगर, दाङ

————————————————————————————-
झापाका चिकित्सक आन्दोलित

प्राडा गोविन्द केसीको सातबुँदे मागप्रति ऐक्यवद्धता जनाउँदै झापाका चिकित्सकहरुले पनि आन्दोलन थालेका छन् ।

मंगलबार , ७ माघ २०७० ५:२५ पम

नेपाल चिकित्सक संघ मेची अञ्चल शाखाले झापा विर्तामोडमा र्‍याली निकालेको छ । ७ माघमा भएको र्‍यालीमा सयभन्दा बढी चिकित्सकको सहभागिता थियो ।

उनीहरुले केसीले अघि सारेका माग तत्कालै संबोधन गर्न माग गरेका छन् । उनीहरुले माग पूरा गरेर केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>