थप समाचारबुधबार, माघ ८, २०७०

जबरजस्ती करणी गर्ने दुई युवक पक्राउ

हिमालखबर

चितवनबाट वीरगञ्ज आएकी १८ वर्षीय किशोरीलाई माघ ४ मा बन्धक बनाई दुईदिनसम्म जबरजस्ती करणी गरी फरार भएका वीरगञ्ज– १५ मुर्ली बस्ने २० वर्षीय महम्मद हुसेनआजाद अन्सारी र १९ वर्षीय साजिद अन्सारीलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ ।

पीडित किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले ७ माघमा दुवै अभियुक्तलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध जबरजस्तीकरण अन्तर्गत मुद्धा दायर गर्न आवश्यक कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै पत्रकार युवतीलाई फोनमा गाली गलौज गरेर सताउने बारा, कलैया– ७ बस्ने २३ वर्षीय नन्देश साहलाई पनि प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

८ माघमा इन्सेकले वीरगञ्जमा आयोजना गरेको पूर्वसमिक्षा बैठकमा पर्सामा सन २०१३ मा १४ भन्दा बढी बलात्कारका घटना भएको जानकारी दिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>