समाचारबुधबार, माघ ८, २०७०

कांग्रेसले १२ माघमा नेता छान्ने

हिमालखबर

नेपाली कांग्रेस संविधानसभा संसदीय दलको नेता निर्वाचन समितिले सूचना निकालेर चुनावको मिति तोकेको हो । निर्वाचन समितिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा १२ माघमा निर्वाचन हुने जनाएको छ ।

समितिले ९ माघदेखि १२ माघसम्मको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याए १२ माघमै पुनः निर्वाचन गर्ने पनि निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको विधानमा प्रथमपटक निर्वाचनमा उम्मेदवार बनेकामध्ये कसैले पनि ५१ प्रतिशत नल्याए बढी मत ल्याउने दुई जनाबीच पुनः निर्वाचन गर्ने व्यवस्था छ ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति सुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले दाबी गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>