रमझमबुधबार, माघ ८, २०७०
कमेडीको कमाल
बनेकामध्ये ९० प्रतिशत फिल्म डुबिरहेका वेला टेलिभिजनका पर्दामा जमेका हास्य कलाकारहरूले अभिनय गरेको ‘छ एकान छ’ ले राम्रै व्यापार गरिरहेको छ। यो कमेडीले यस वर्ष सर्वाधिक चलेका ‘काली’ र ‘होस्टल’ले भन्दा राम्रो व्यापारको संकेत पनि देखाएको छ।
दिनेश डिसीले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल र सन्दीप क्षेत्रीको अभिनय छ। २६ पुसबाट प्रदर्शनमा आएको यो फिल्मलाई सानो पर्दाका लगभग सबै हिट कलाकारको अनुहार र आक्रामक प्रचारले साथ दिएको देखियो।
यसका निर्मातामध्येका एक दीपकराज गिरी भन्छन्, “डुबिने डर त थियो नै, तर राम्रो फिल्म बनाएर प्रचारप्रसारमा ध्यान दिंदा चल्दो रहेछ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट

