समाचारबिहीबार, माघ ९, २०७०
६ विद्यार्थीलाई पढाउन ३ शिक्षक
एउटा प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या कति हुन्छ ? सबैले अनुमान गर्ने ५० भन्दा कम त होइन । तर, अर्घाखाँचीको सिमलपानी–९ भंगलामा रहेको बालकण्ठ प्राविमा ६ जना मात्र विद्यार्थी छन् ।
ती छ विद्यार्थीलाई तीन शिक्षकले अध्यापन गराइरहेका छन् । माधव भट्टराई, टाबहादुर खत्री र लक्ष्मी पोख्रेलले विद्यालयमा पढाइरहेका हुन् । विथार्थी पनि कक्षा ३ सम्म पढ्ने मात्र छन् ।
विद्यालयका प्रधानाध्यापक माधव भट्टराईले १४ जनाले नाम लेखाए पनि धेरै विद्यार्थी नआउने दाबी गरे । तर, विद्यालयमा ६ विद्यार्थी मात्र अध्ययन गरिरहेको भेटिएको छ ।
अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले विद्यालयमा वारिपारी जोड्ने पुल नभएका कारण त्यहाँ विद्यालय स्थापना गरिएको बताए । उनले भने, “नजिकैको विद्यालयमा समायोजन गर्न सकिन्थ्यो, तर साना विद्यार्थी भएकाले खोलो तर्न नसक्ने अवस्था भएपछि नगाभिएको हो ।”
प्रेमनारायण आचार्य, अर्घाखाँची

