समाचारबिहीबार, माघ ९, २०७०

डा. केसीको समर्थनमा निजामती अस्पताल पनि आन्दोलित

हिमालखबर

नयाँ बानेश्वरस्थित निजामित अस्पतालका सबै चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा बन्द गरी अस्पताल बाहिर प्राङ्गणमा बसेर बिरामीका लागि ओपिडी सेवा सञ्चालन गरिरहेका छन् ।

अस्पतालमा कुनै पनि सेवा बन्द नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको आदेशको सम्मान गर्दै अस्पताल प्राङ्गणमै उपचार सेवा शुरु गरिएको हाडजोर्नी विभागका वरिष्ठ चिकित्सक दीर्घराज सिआर बताए ।

स्वास्थ्य क्षेत्रका माफिया र त्यहाँ देखापरेको गलत प्रवृत्तिविरुद्ध डा. केसीले थालेको आमरण अनशनमा ऐक्यवद्धता जनाउन आफूहरु पनि आन्दोलनमा लागेको र उनको माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने पनि उनले जानकारी दिए ।

समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि राजनीतिक हस्तक्षेप रोकिनुपर्नेलगायतका सात सूत्रीय माग राख्दै १२ दिन अघिदेखि प्रा.डा. केसी आमरण अनशनमा छन् ।

डा. केसीको माग अनुसार त्रिविका नवनियुक्त डिन शशी शर्मालाई मन्त्रिपरिषद अध्यक्षले वर्खास्त गरे पनि पूर्व डिन प्रकाश सायमीलाई पुनर्वहाली नगर्दासम्म अनशन नतोड्ने केसीले बताउँदै आएका छन् ।

डा केसीको समर्थनमा देशभरका चिकित्सकहरु आन्दोलित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>