समाचारबिहीबार, माघ ९, २०७०
प्राडा केसीको मागप्रति बारको समर्थन
९ माघमा नेपाल बार एशोसिएसनका महासचिव सुनिल पोखरेलमार्फत जारी विज्ञप्तिमा अनसनरत प्राडा केसीका माग पूरा गर्न सरकारसँग माग गरिएको छ।
‘स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा, राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका माग राखि १३ दिन देखि आमरण अनसन बसिरहेका डा। केसीको स्वास्थ्य अवस्था जुनसुकै समयमा जे पनि हुन सक्ने भएकाले उनका माग अविलम्ब पुरा गरी जीवन रक्षा गर्न बारले माग गरेको छ ।
