समाचारबिहीबार, माघ ९, २०७०
पहिरो खस्दा सुपरभाइजरको मृत्यु, इन्जिनियर बेपत्ता
निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको स्थानमा पहिरो खसेको हो । रसुवाको ब्राप्चेमा ९ माघ दिउँसो पहिरो खस्दा आयोजनाका सुपरभाइजर बिमल पौडेलको मृत्यु भएको छ । इन्जिनियर चेरब घिमिरे भने बेपत्ता छन् ।
दिउँसो गएको सुक्खा पहिरोमा परी तीन जना घाइते भएको चिलिमे जनविद्यत् आयोजनाका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । घाइते लक्ष्मण पाण्डे, लोर घले र निरज शाक्यलाई हेलिकप्टेरबाट उद्दार गरी काठमाडौं ल्याइएको छ । उनीहरुको राजधानीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
आयोजनास्थल पुग्ने सडक निर्माण भइरहेका बेला सडकमा पहिरो गएको हो ।
