थप समाचारबिहीबार, माघ ९, २०७०
जबरजस्ती करणी गर्ने कारागारमा
बालिकालाई जबरजस्ती करणी गर्ने पर्सा, बागेश्वरी तित्रौना–५ का लक्ष्मी महरा चमारलाई कारागार पठाइएको छ । जिल्ला अदालत पर्साको आदेशमा उनलाई ९ माघमा पुर्पक्षका लागि कारागारमा पठाइएको हो ।
उनमाथि सोही गाविसकी १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । १२ पुसमा बालिकामाथि जबरजस्ती करणी गरेर उनी फरार थिए ।
उनलाई पक्राउ गरी ९ माघमा अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।
