समाचारबिहीबार, माघ ९, २०७०

राष्ट्रपति निर्वाचनको विषय अब संविधानसभामाः गौतम

हिमालखबर

एमाले उपाध्यक्ष गौतमले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषय भद्रतापूर्वक संविधानसभामा प्रवेश गराउने बताएका छन् । प्रेस चौतारी नेपालले राजधानीमा ९ माघमा गरेको कार्यक्रममा उनले संविधानसभाले राष्ट्रपतिको निर्वाचनको विषय पारित नगरेमा मात्र कांग्रेसको अडान मान्ने बताए ।

“सार्वभौमसत्ता सम्पन्न संविधानसभा आइसकेको अवस्थामा मरिसकेको संविधानसभाबाट निर्वाचित व्यक्तिलाई पदमा राख्नुहुँदैन, यो लोकतन्त्रसम्मत छैन,” उनले भने, “संविधानसभामा यो विचार पराजित भएमा मात्र हामी पुरानालाई मानेर जान्छौं ।”

उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म नयाँ सरकार गठन नहुने दावी पनि गरे । उनले भने, “राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन नहुने अडानमा एमाले अडिग छ, तर कांग्रेसको यस विषयमा असहमतिका कारण अब सरकार गठनमा पनि ढिलाई हुन्छ ।”

एमालेबिना नयाँ सरकार नबन्ने र बने पनि नचल्ने ठोकुवा गर्दै उनले संविधान निर्माणका विषयमा पनि आफ्नो पार्टी अपरिहार्य भएको बताए । तर, उनले एमालेले एमाओवादीसँग मिलेर सरकार बनाउने खेल नगर्ने स्पष्ट पारे ।

पार्टीको नवौं महाधिवेशनको सन्दर्भमा उनले पार्टीलाई एकतावद्ध बनाउन आफू त्याग वा जिम्मेवारी लिन तयार रहेको बताए । “पार्टीका एकपटक अध्यक्ष वा प्रमुख भइसकेकाहरुले छाडेर नयाँलाई मौका दिनुपर्छ, चारै शीर्ष नेताबीच जिम्मेवारी बाँडफाँड गर्ने सहमतिको तयारी भइरहेको छ,” उनले खुलासा गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>