थप समाचारबिहीबार, माघ ९, २०७०
साउदीमा एक नेपालीको मृत्यु
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका सिरहा, संखुवानकारकट्टी–८ का ३५ वर्षीय शम्भु पासवानको मृत्यु भएको हो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
उनी साउदीस्थित विन लादेन कम्पनीमा कार्यरत थिए । सोही कम्पनीमा कार्यरत नागेन्द्र पासवानका अनुसार ८ माघ राति सुतेका उनी बिहान नउठे पछि कोठामा पुग्दा मृत्यु भइसकेको थियो ।
मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् ।
रासस
