समाचारबिहीबार, साउन १८, २०६९
एमाओवादी महाधिवेशन समितिमा बालकृष्ण ढुँगेल सहित २३१ को नाम पारित
पार्टी मुख्यालय पेरिसडाँडामा १८ साउनमा बसेको एमाओवादी महाधिवेशन तयारी समितिको बैठकले ढुँगेलसहित २३१ जनालाई समितिमा राख्ने निर्णय गरेको माओवादी प्रवत्ता दीनानाथ शर्माले जानकारी दिए । ढुँगेललाई २१ भदौ २०६७ मा सर्वोच्च अदालतले श्रेष्ठ हत्यामा दोषी ठहर् याएको थियो ।
समितिमा थपिएकाहरुमा पूर्व उपसभामूखी पुर्णाकुमारी सुवेदी, हरि रोका, सत्या पहाडी, कल्पना धमला, देवी खड्का, धर्मशिला चापागाँई, सुकबहादुर रोका, महेन्द्र शाही, हिमाल शर्मा, भरत साह, रामचन्द्र मण्डल, रामचन्द्र कुशवाह, गोबिन्द आचार्यलगायत छन् । शर्माका अनुसार समितिमा २५१ सदस्य रहने तथा बाँकी २० जनापछि थपिने छन् । १७ साउनमा बसेको बैठकले भने समितिमा जम्मा १७५ जना रहने निर्णय गरेको थियो ।
