थप समाचारशुक्रबार, माघ १०, २०७०
मेडिकल काउन्सिलका अध्यक्षद्वारा राजीनामा
थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, राजनीतिक दवावमा नियुक्ति गर्न नहुने लगायतका सम्झौता भएर प्रा.डा. गोविन्द केसीले अनसन तोडे लगत्तै गजुरेलले राजिनामा दिएका हुन । काउन्सिलका अध्यक्ष गजुरेलले १० माघ दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका छन् । उनले स्वास्थ्य मन्त्री विद्याधर मल्लिकसमक्ष राजीनामा बुझाएका हुन् ।
उनले काउन्सिलमा काम गर्ने बातावरण नभएकाले राजीनामा दिएको हिमालखबरसँग बताए । उनले भने, “मलाई काम गर्न अप्ठ्यारो भयो, त्यसैले राजीनामा बुझाएको हुँ ।”
उनले काउन्सिलमा बसेर कुनै पनि निर्णय गराउन नसक्ने अवस्था श्रृजना भएको पनि प्रतिक्रिया दिए । “मलाई काउन्सिलमा असहयोग गर्ने बढी भयो,” उनले भने, “काउन्सिल बैठकमा कोरम नै नपुग्ने, निर्णय नै गर्न नसक्ने अवस्था भए पछि म बसिरहनुको अर्थ नै रहेन नी ।”
