थप समाचारशुक्रबार, माघ १०, २०७०

अफगानिस्तानमा पाँच क्रिकेट खेलाडीको हत्या

हिमालखबर

अफगानिस्तानको लाघमान प्रान्तस्थित अलिङ्गहार जिल्लामा पाँच क्रिकेट खेलाडीमाथि अपरिचित बन्दुकधारीले गोली प्रहार गरी फरार भएको छ ।

हालसम्म यस आतङ्ककारी आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छ्रैन । तर प्रान्तीय प्रवक्ता सर्हाडि जोउकले यस आक्रमणमा तालिवान आतङ्ककारीकै हात रहेको दावी गरेका छन् ।

तालिवानको शासनकालमा उनीहरुले खेल र सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने गरेका हुनाले अहिले पनि यस्ता कार्यक्रमको तालिवानले विरोध गर्दै आएका छन् ।

महिला पत्रकारको हत्या

अफगान राष्ट्रपति हमिद कारजायीले एक वक्तव्य प्रकाशित गरी आक्रमणको घोर निन्दा गरेका छन् । यसैबीच दक्षिण हेलमान्ड प्रान्तका प्रवक्ता ओमार जवाकल ९ माघ राति एक पत्रकारको शव भेटिएको बताएका छन् ।

जवाकका अनुसार ३० वर्षीया पत्रकार नुर अहमद नुरी स्थानीय रेडियोमा कार्मचारी हन् । नुरको एक दिन अगाडि अपहरण भएको पनि जवाकले जनाकारी दिएका छन् ।
एपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>