समाचारशुक्रबार, माघ १०, २०७०

आन्तरिक विवाद सुल्झाऔं: कांग्रेसका तीन शीर्ष

हिमालखबर

१० माघमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले आन्तरिक द्वन्द्व समाधान नहुँदासम्म अन्य दलहरुसँग सहमति गर्न सहज नहुने बताएका छन् ।

“आन्तरिक विवाद मिलाउनका लागि सहकार्य गर्नु हाम्रो पहिलो कर्तव्य हो,” वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई लक्षित गर्दै सभापति कोइरालाले भने ।

त्यसैगरी नेता देउवाले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नु जरुरी रहेकोमा जोड दिंदै थपे, “पार्टी सदस्यहरुलाई मात्रै हैन, पार्टी बाहिरका लाई पनि सहमतिमा ल्याउनु जरुरी छ ।”

पार्टीका शीर्ष तीन नेताहरुबीच चाँडै सहमति बन्नु जरुरी रहेको भन्दै उपसभापति पौडेलले आफूहरुले आन्तरिक विवादलाई छिटै समाधान गर्ने बताए ।

संविधान निर्माणबारे टिप्पणी गर्दै तीन वटै नेताले एक वर्षभित्रै संविधान नबने लोकतन्त्रमाथि नै खतरा आउने र जनताले आफूहरुलाई माफी नगर्ने बताएका थिए ।

१२ माघमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न संसदीय दलको निर्वाचन हुँदैछ । संसदीय दलको नेता नै प्रधानमन्त्रीका लागि पार्टीका तर्फबाट उम्मेदवार मानिन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>