समाचारशुक्रबार, साउन १९, २०६९

पहिराले पुरेर गुल्मीमा चारको मृत्यु

हिमालखबर

१८ साउनदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट गएको पहिराले पुरेर घनश्यामकी ३९ वर्षीया श्रीमती भूमि , १३ वर्षका छोरा सन्तबहादुर तथा छोरीहरु नौ वर्षीया मुना र पाँच वर्षकी विपनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घनश्याम र अर्का एक छोराको भने जीवितै उद्धार गरिएको स्थानीय नेत्र रानाले जानकारी दिनुभयो। उनीहरु बाहिर काम गरी बिहान करिब ८ बजे बिहानको खाजा खान घरभित्र छिरेका थिए ।

ठूलोलुम्पेक सदरमुकाम तम्घासबाट ३६ किलोमिटर टाढाको दुर्गम गाविस हो । घटनाको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय रिडी र मजुवा प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थलमा मोटरबाटो पनि नभएको र अति नै दुर्गम भएकाले प्रहरी टोली पुग्न समय लाग्ने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>