समाचारशुक्रबार, माघ १०, २०७०

गगन थापाको छुट्टै सांसद कार्यालय

हिमालखबर

काठमाडौं क्षेत्र नम्बर ४ का सभासद् थापाले आफ्नो चुनावी क्षेत्रमै सांसद कार्यालय स्थापना गर्ने भएका हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले चुनावको बेला मतदातामाझ गरेको प्रतिवद्धता अनुरुप कार्यालय खोल्न लागेको बताए ।

राजधानीको सिफलस्थित न्यूटन कलेज छेउमा रहेको कार्यालयको ११ माघ बिहान उदघाटन हुँदैछ । मतदाताको गुनासो सुन्न तथा साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको थापाले बताए ।

कार्यालयमार्फत् काठमाडौं क्षेत्र नम्बर चारका मतदाताले विकास निर्माण लगायतका विषयमा छलफल गर्न सक्नेछन् । सांसद कार्यालयमा व्यवसायिक र दक्ष कर्मचारी तथा स्वयमसेवकहरुले पनि सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>