समाचारशुक्रबार, साउन १९, २०६९

राष्ट्रपतिसमक्ष संवैधानिक सङ्कटबारे चासो

हिमालखबर

राष्ट्रपतिभवन शीतलनिवासमा भएको भेटमा जिल्ला सभापतिहरुले सरकारको शैली, संवैधानिक सङ्कटको समाधान र राजनीतिक गतिरोधबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको भेटमा सहभागी नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपतिले आफू संवैधानिक दायरामै रहेर मुलुकको राजनीतिक निकासको पक्षमा रहेको र राजनीतिक दलहरुलाई पनि राष्ट्रिय सहमति कायम गरेरै अगाडि बढ्न पटकपटक सुझाव दिइसकेको बताए । उहाँले दलहरु पनि संविधानको दायराभित्रै रहेर संवैधानिक सङ्कटलाई निकास दिन अग्रसर हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको र चाँडो सहमति कायम गरी मुलुकलाई निकास दिनका लागि दलहरुसँग आग्रह गरिरहेको जानकारी दिनुभएको थियो ।

भेटमा राष्ट्रपतिले विभिन्न जिल्लामा भएका विकास र राजनीतिक गतिविधि तथा तराई, हिमाल र पहाडका जनताको दैनिकीबारे पनि जिल्ला सभापतिहरुसँग जिज्ञासा राख्नुभएको थियो । जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो मुलुकको संवैधानिक र राजनीतिक सङ्कट अन्त्य गर्न संविधानको संरक्षकका हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भनी राष्ट्रपतिसक्ष आग्रह गरेका थिए । वर्तमान सरकारले तोकेको संविधानसभाको नयाँ निर्वाचनको मितिमा निर्वाचन हुन नसक्ने भनी निर्वाचन आयोगले स्पष्ट पारिसकेको सन्दर्भमा मुलुकको संवैधानिक सङ्कटको समाधानको प्रक्रिया अब कसरी बढ्छ भन्ने चासो पनि राष्ट्रपतिसमक्ष राखेका थिए ।

भेटमा सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेलामा सहभागी भई आआफ्नो जिल्ला फर्कन लागेका ५५ जना जिल्ला सभापतिको सहभागिता थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>