समाचारशुक्रबार, माघ १०, २०७०
६ नेपाली तान्जानियामा पक्राउ
तान्जिनियाको अध्यागमन कार्यालयले ६ नेपालीलाई पक्राउ गरी दारे–ए–सलाम जेलमा थुनेको छ । रोजगारी पाउने प्रलोभनमा अफ्रिका पुगेका उनीहरुलाई तान्जिनियाको अध्यागमनले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बासुदेव तिमिल्सिना लगायत रहेको गैर आवसीय नेपाली संघ (एनआरएन)का अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले हिमालखबरलाई जानकारी दिए ।
राम्रो रोजगारी दिने भन्दै युगान्डामा रहेका चक्रबहादुर भट्टराईले उनीहरुलाई ७ माघमा तान्जिनिया पुर्याएका हुन् । उनीहरुलाई भट्टराईले नेपालबाट भारत, केन्या, युगान्डा हुँदै तान्जिनिया पुर्याएको बुझिएको थापाले जानकारी दिए ।
नेपालीहरु पक्राउ परेको जानकारी पाएलगत्तै एनआरएन केन्याका संस्थापक अध्यक्ष कुल कार्की र एनआरएन तान्जिनियाका महासचिव सर्बेश जोशीले सहयोगका लागि आवश्यक प्रयास शुरु गरेका छन् ।
