थप समाचारशनिबार, माघ ११, २०७०

कोइरालालाई पौडेलको समर्थन, देउवा एक्लै

हिमालखबर

नेपाली कांग्रेस संसदीय दलको १२ माघमा हुने निर्वाचनमा उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी नदिएर सभापति सुशील कोइरालालाई सघाउने भएका छन् । कोइराला र पौडेलबीच ११ माघमा भएको सहमति अनुसार पार्टी नेतृत्वको जिम्मेवारी पौडेलले पाउने शर्तमा उम्मेदवारी नदिने भएका हुन् ।

नयाँ संविधान जारी गर्दासम्म कोइराला प्रधानमन्त्री रहने र पार्टीको कार्यवाहक सभापतिका रुपमा उपसभापति पौडेलले काम गर्ने सहमति भएको पौडेलले जानकारी दिए । उनले भने, “एक वर्षसम्म मैले पार्टी हेर्ने र सभापतिले सरकार चलाउने सहमति भएको छ, त्यसपछिको अवस्थाबारे सहमति हुन बाँकी नै छ ।”

संसदीय दलको नेतृत्वका लागि १२ माघमा हुने निर्वाचनका लागि कोइराला र शेरवहादुर देउवाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । यसअघि पौडेल र देउवाबीच भएको प्रतिस्पर्धामा देउवाले हार व्यहोर्नु परेको थियो ।

कोइरालाको प्रस्तावकमा आनन्द ढुंगाना र फरमुल्लाह मन्सुर समर्थक छन् भने देउवाको लागि बिमलेन्द्र निधि प्रस्तावक र समर्थक भीष्मराज आङदम्बे छन् ।

देउवाले आफूलाई पार्टीको नेतृत्व दिए सरकारको नेतृत्वका लागि कोइरालालाई सघाउने बताएका थिए । तर कोइरालाले सरकारको नेतृत्वको लागि आफ्ना परम्परागत प्रतिस्पर्धी देउवालाई नेतृत्व सुम्पनु भन्दा पौडेललाई नेतृत्व सुम्पदा तुलनात्मक रुपमा आफूलाई फाइदा हुन देखेपछि पौडेलसँग सहमति गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>