थप समाचारआइतबार, माघ १२, २०७०

‘जन्ती र मलामी पाइन छोडे’

हिमालखबर

काभ्रेको महाभारत डाँडापारीका गाविसका महिला मात्र नभई किशोरी र युवतीहरुसमेत उमेर बढाएर नागरिकता बनाउने र सँगै राहदानी बनाएर विदेश जान थालेका छन् । मिल्चे गाविसका मात्रै २५० महिला र १५० भन्दा धेरै पुरुष विदेशिएको गाउँ विकास समितिका सचिव भरत बस्नेतले जानकारी दिए ।

“गाउँमा मलामी र जन्ती जाने युवायुवतीहरु पनि भेटिन छाडेका छन्,” स्थानीय जङ्गबहादुर पाख्रिनले भने । उनले बढ्दो बेरोजगारी र आयस्रोतका अन्य विकल्प नहुँदा गाउँका सबैजसो युवायुवती विदेसिन बाध्य हुनु परेको बताए ।

मिल्चे गाविस–६ बाट मात्रै ६० भन्दा धेरै युवा विदेशिएका छन् । ४५८ घरधुरीमध्ये करिब ४०० घरबाट कम्तीमा एकजना विदेसिएको गाउँ विकास समितिको कार्यालयले जनाएको छ ।

डाँडापारिका बुढाखानी, वनखु, गोकुले, घर्तिछाप, साल्मेचाकल, साल्धारा, फलामेटार, महादेवटार लगायतका गाविसका प्रत्येकजसो घरका एक न एक युवा विदेशिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको पछिल्लो तथ्याङ्कले समेत विदेशिने व्यक्तिहरुको सङ्ख्या विगतका वर्षहरुमा भन्दा दोब्बर भएको देखाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार चालु आर्थिक वर्ष २०७०/७१ को पछिल्लो पाँच महिनामा मात्रै चार हजार ३६१ जनाले जिल्लाबाटै राहदानी लिएका छन् भने जिल्लाबाट सिफारिस लिएर सिधै परराष्ट्रबाट राहदानी लिनेको सङ्ख्या त्यतिकै सङ्ख्यामा छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>