समाचारशुक्रबार, साउन १९, २०६९
पूर्व प्रम देउवाले पनि सुविधाको गाडी फिर्ता गरे
पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा उनलाई राज्यका तर्फबाट प्राप्त बा ६ च १०२५ नम्बरको टोयोटा प्राडो गाडी १७ साउनमै गृहमन्त्रालयमा बुझाइएको देउवाको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा राज्यले प्रदान गर्ने अन्य सुविधा पनि नलिने भएकाछन् ।
यस अघि पूर्व प्रमहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सुविधाको गाडी फिर्ता गरिसकेकाछन् ।
