समाचारआइतबार, माघ १२, २०७०
सरकार गठनका लागि राष्ट्रपतिको आह्वान (विज्ञप्तिसहित)
व्यवस्थापिका संसदको अधिवेशन शुरु भएसँगै १२ माघमा राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।
राष्ट्रपति डा।यादवले अन्तरिम संविधानको धारा ३८ ९१० अनुसार सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसदका सबै दललाई आव्हान गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजनीतिक सहमतीका आधारमा सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतीय सरकारका लागि आह्वान गर्नेछन् ।
कांग्रेस संसदीय दलको नेतामा सुशील कोइराला विजयी भएपछि उनी प्रधानमन्त्रीको प्रवल दावेदार देखिएका छन्।
राष्ट्रपति कार्यालयको विज्ञप्ति:

