समाचारशनिबार, साउन २०, २०६९

मुलुकको निकास ननिकाले विदेशी हस्तक्षेप बढ्ने–बिजुक्छे

हिमालखबर

पार्टीको रुपन्देही जिल्ला समितिले २० साउनमा बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले मुलुकको वर्तमान राजनीतिक सङ्कट निकासका लागि दलहरुबीचको एकता हुने सम्भावना नदेखिएकाले अब राष्ट्रपति शासन मात्र उपर्युक्त विकल्प भएको बताए ।

दलहरुबीचको सहमति र राष्ट्रपति शासनमध्येका दुई विकल्पमध्ये राष्ट्रपति शासन नै अहिलेको अवस्थामा सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प रहेको दाबी उनले गरे । बिजुक्छेले दलहरुबीच सहमति नबनेको अवस्थामा प्रत्यक्ष शासनका लागि आफूले राष्ट्रपतिलाई सुझाव दिइसकेको बताउँदै भोलि राष्ट्रपतिले बोलाएको दलहरुबीचको बैठकमा पनि यस विषयमा छलफल हुने बताए ।

उनले सरकारविरुद्ध प्रतिपक्षी दलहरुले गरेको आन्दोलन कमजोर र फितलो भएकाले यस्तो आन्दोलनले भट्टराई सरकार नछाड्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई बालुवाटारबाट निस्कन नदिने गरी आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने बताए ।

कतिपय दल र समुदायले सङ्घीयता नै सबै रोगको उपचार हो भन्ने गरेकोतर्फ सङ्केत गर्दै उहाँले सङ्घीयतामा नै जाने भए पनि जातीय र भाषिक आधारमा नभई भूगोल र प्राकृतिक स्रोत साधनलाई मुख्य आधार बनाइनुपर्छ– उनले भने । अध्यक्ष बिजुक्छेले लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकाय इतिहासमै भ्रष्टाचारको सबैभन्दा बलियो अखडा बनेको दाबी गरे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>