समाचारसोमबार, माघ १३, २०७०
संसदमा पाँच अध्यादेश पेश
नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा १३ माघमा बसेको व्यवस्थापिका संसदको बैठकमा अर्थ मन्त्री शंकरप्रसाद कोइरालाले सम्पत्ति शुद्धीकरण(मनी लाउन्डिङ) निवारण(दोस्रो संशोधन) अध्यादेश, २०७० पेश गरेका हुन ।
यस्तै शिक्षा मन्त्री माधव पौडेलले निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७०, संविधानसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०७० र संविधानसभा सदस्य निर्वाचन(दोस्रो संशोधन) अध्यादेश २०७० पेश गरे ।
संसदको अर्को बैठक १४ माघ विहान ११ बजेका लागि बोलाइएको छ ।
