समाचारसोमबार, माघ १३, २०७०

दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १३ माघमा बसेको हो । बैठकमा बोल्ने अधिकांश सदस्यले अध्यक्ष दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका छन् ।

तर, दलको नेताको टुंगो भने केन्द्रीय समितिको बैठकले लगाउने छ । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले दलको नेता चयनको निष्कर्षमा भने पुगिनसकेको जानकारी दिए ।

उनले दलको नेता कसलाई बनाउने भन्ने बारेमा विभिन्न विकल्पमा छलफल भएको बताए । व्यवस्थापिका संसदको बैठक शुरु भइसकेको अवस्थामा संसदीय दलको नेता, उप–नेता, सचेतक लगायतको टुंगो लगाउन एमाओवादीमा दबाब छ ।

पूर्व पोलिटब्यूरो सदस्यहरुले राजधानीमा जारी केन्द्रीय समिति बैठकमा उठेका विषयको निरुपण गर्ने बारेमा पनि छलफल गरेको सापकोटाले बताए । उनले पार्टीको विशेष सांगठनिक अधिवेशनको विषयमा पनि छलफल भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>