समाचारशनिबार, साउन २०, २०६९
एमाओवादीमा कार्यविभाजन, प्रवक्तामा अग्नि सापकोटा
समितिको २० साउनमा राजधानीमा बसेको बैठकले सापकोटालाई प्रवक्ता बनाउने निर्णय गरेको हो । बैठकले महाधिवेशन १४ माघ २०६९ मा उद्घाटन गर्ने निर्णय पनि गरेको छ ।
निवर्तमान प्रवक्ता दीनानाथ शर्मालाई बुद्धिजिवि विभाग प्रमुख बनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्र र उपाध्यक्ष बाबुराम भट्टराईले सरकारको जिम्मेवारी लिएका छन् । यसैगरी बैठकले विशेष ब्यूरो र संगठन विभाग प्रमुखमा कृष्णबहादुर महरा, सरकार र केन्द्रीय कार्यालयमा पोष्टबहादुर बोगटी, पूर्वाचल प्रमुखमा गिरिराजमणी पोखरेल, पश्चिम ब्यूरो प्रमुखमा लिलामणी पोखरेल, सुदुरपश्चिममा शक्तिबहादुर बस्नेत, जनवर्गीय संगठनमा जर्नादन शर्मा, मधेशमा हरिबोल गजुरेल, अर्थ र लेखामा हितराज पण्डे, खेलकुदमा टोपबहादुर रायमाझी र शिक्षक विभाग प्रमुखमा वर्षमान पुन रहेका छन् ।
विदेश विभागमा राम कार्की, स्कूलीङ विभागमा सोनाम साथी, महिला विभाग प्रमुख तथा नेवाः राज्य इन्चार्जमा हिसिला यमी, मगरातमा लोकेन्द्र विष्ट मगर, कोचिलामा गोपाल किराती, अवधमा चन्द्रप्रकाश खनाल, ताम्सलिङमा विश्वभक्त दुलाल, लिम्बुवानमा हेमन्तप्रकाश ओली, तमुवानमा डिलाराम आचार्य इन्चार्ज तोकिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईको सचिवालयमा कार्यरत कर्मचारीहरु हेरफेर भएका छन् । एमाओवादी गाउँ सम्मेलन १६-३० असोज, जिल्ला सम्मेलन १-१५ कार्तिक र राज्य सम्मेलन १६ मंसिरदेखि पौस मसान्त भित्र सम्पन्न गर्नुपर्ने बैठकको निर्णय छ ।
