समाचारमंगलबार, माघ १४, २०७०
कांग्रेसको आह्वानमा सर्वदलीय बैठक
दलहरुको सहमतिमा सरकार गठनका लागि नेपाली कांग्रेसले आह्वान गरेको बैठकमा नेकपा एमाले, एमाओवादी, राप्रपा नेपालका शीर्ष नेतालसहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद् सहभागी छन् ।
एमाओवादी र राप्रपा नेपाललगायतका दलहरुले सरकारमा सहभागी नहुने र समर्थन पनि नगर्ने निर्णय गरिसकेको अवस्थामा सर्वदलीय सरकार गठन हुने सम्भावना भने छैन ।
राष्ट्रपति रामवरण यादवले १९ माघसम्म सर्वदलीय सरकार गठनका लागि दलहरुलाई म्याद दिएका छन् । त्यतिञ्जेल सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नेछन् ।
