थप समाचारमंगलबार, माघ १४, २०७०

बढी लोभ गर्दा भएको पनि गायब

हिमालखबर

सुर्खेतको उत्तरगङ्गा–९ की पानकुमारी बोगटी बाङ्गेसिमलस्थित टेम्पो पार्कमा रहेको मिलमा गहुँ पिँध्न आएका बेला दुईजना अपरिचित व्यक्तिले पैसाको लोभ देखाएर सुन चोरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुईजना युवाले झुक्याएर नाटकीय शैलीमा ती महिलाले कानमा लगाएको रिङ र घाँटीको तिलहरी लिएका हुन् ।

मिलबाट फर्किएर टेम्पोपार्क नजिकै पुगेका बेला ती युवाले आफूहरुले रु सात लाख भेटाएको र राख्ने ठाउँ नभएको भन्दै बोगटीसँग रुपैयाँसँग सुन साट्न आग्रह गरेका थिए । ‘हामीहरु तपाईंकै छोराको साथी त हौँ नी’ भन्दै प्रस्तुत भएका ती युवाहरु कापीका पानाहरुलाई नोट जस्तै गरेर बेरिएको नक्कली रुपैयाँको पोको बोगटीलाई दिएर सुन लिएर भागेका हुन् ।

बोगटीले पनि रु सात लाख पाउने भनेपछि कानको रिङ र घाँटीको तिलहरी दिन तयार भएको र पछि अली पर गएर हेर्दामात्रै नक्कली रुपैयाँ भएको थाहा पाएको भन्दै प्रहरीको सहयोग माग्न आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नक्कली रुपैयाँमा सुन दिएको थाहा पाएपछि उनी त्यहीँ बेहोस भएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लक्ष्मण शाहीले बताए ।

महिलाले घटनाका बारेमा दिएको जानकारी र हुलियाका आधारमा नक्कली पैसा दिएर गहना चोर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–५ कालिका मन्दिरका प्रेम कशेरालाई बाङ्गेसिमलबाट पक्राउ गरिएको शाहीले बताए ।

पक्राउ परेका कशेराले पनि आफू र आफ्ना भिनाजु प्रताव विकले नक्कली रुपैयाँ दिई महिलालाई झुक्याई सुन लिएको स्वीकार गरेका छन् । कशेराका भिनाजु वीरेन्द्रनगर–१ का प्रताव विककोे भने खोजीकार्य जारी छ । कशेराले सुन भिनाजुले नै राखेको बताएका छन् ।

पक्राउ परेका कशेरालाई ठगीसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको शाहीले जानकारी दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>