समाचारशनिबार, साउन २०, २०६९

नेविसंघको संस्थापन र देउवा पक्षबीच चर्को विवाद

हिमालखबर

संस्थापन पक्षले एकपक्षीय रुपमा महाधिवेशनको मिति तोकेको आरोप लगाउँदै देउवा पक्षले नयाँ मिति तय गरेका छन् । उनीहरुले पुष १६, १७ र १८ गते वीरगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेका छन् । यसअघि नेविसंघको महाधिवेशन पुष २५, २६ र २७ गते गर्ने निर्णय भएको थियो । देउवा पक्षीय विद्यार्थीले महाधिवेशनका सम्पूर्ण कार्यक्रम पनि सार्वजनिक गरेको छ । उनीहरुले भदौ १५ गते देखि महाधिवेशनका कार्यक्रम थाल्ने कार्यक्रमको सूचि सार्वजनिक गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरी देउवा पक्षका ४८ जना केन्द्रीय सदस्यले आफुहरुलाई बाहिर राखेर केन्द्रीय समितिले निर्णय गर्न नसक्ने भन्दै नयाँ मिति तय गरेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>