समाचारमंगलबार, माघ १४, २०७०
हराएका इन्जिनियरको शव फेला
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ९ माघमा चिलिमे गाविसको ब्राप्चे भीरमा आएको सुक्खा पहिरोमा हराइरहेका आयोजनाका २८ वर्षीय इन्जिनियर चेरब घिमिरेको शव फेला परेको छ ।
खोज उद्धारका लागि तीनवटा एक्जाभेटर मेसिन प्रयोग गरिएको थियो भने खोज कार्यलाई सहज बनाउन नेपाल प्रहरीका दुईवटा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।
