थप समाचारमंगलबार, माघ १४, २०७०

सम्बन्ध विच्छेद गर्नेहरु बढे

हिमालखबर

मकवानपुर जिल्ला अदालतमा चालु आव २०७०/७१ को ६ महिनामा ५१ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएका छन् । जसमध्ये अधिकांश पत्नीहरुले पतिबाट प्रताडित भएको भन्दै मुद्दा दायर गरेका छन् ।

जिल्ला अदालतमा पति–पत्नीबीच विच्छेद गर्न दिइएका निवेदनमध्ये तामाङ र जनजाति समुदायको विवाहिता महिलाको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालतका स्रेस्तेदार अधिकृत कौशलेश्वर ज्ञवालीले बताए ।

सम्बन्ध विच्छेद गर्ने विवाहिता पत्नीको उमेर २० देखि ३५ वर्षबीच रहेको जिल्ला अदालतको तथ्याङ्क शाखाले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>