समाचारमंगलबार, माघ १४, २०७०

दश मिनेटको बैठकमा ६ अध्यादेश पेस

हिमालखबर

व्यवस्थापिका संसदको दोस्रो दिन १४ माघमा बसेको बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ पेस गरेका छन ।

त्यसैगरी मन्त्री न्यौपानेले पारस्परिक कानूनी सहायता अध्यादेश २०६९, बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ पेस गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) अध्यादेश २०६९, सामान्य प्रशासन मन्त्री माधवप्रसाद पौडेलले निजामती सेवा (तेस्रो संशोधन) अध्यादेश २०६९ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले रेल्वेसम्बन्धी अध्यादेश, २०६९ पेस गरे ।

निर्धारित समयमा सुरु भएको आजको बैठक करिब १० मिनेट चलेको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक १५ माघ ११ बजे बस्ने व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>