समाचारमंगलबार, माघ १४, २०७०

बलात्कारको आरोपमा एमाले दाङका नेताविरुद्ध जाहेरी

हिमालखबर

एमाले दाङका जिल्ला कमिटी सदस्य समेत रहेका क्षेत्र नं. ५ का इञ्चार्ज उत्तरकुमार वलीको तुलसीपुरस्थित ‘मनी ट्रान्सफर’ कार्यालयमा काम गर्ने १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीमा जाहेरी दर्ता भएको छ ।

किशोरीका आफन्तले १४ माघमा दाङको घोराहीमा पत्रकार सम्मेलन आयोजना गरी वलीले २ माघमा काठमाडौं बाट दाङ आउने क्रममा चितवनको दारेचोक गाविस–३ कुरिनटार स्थित रिसोर्टमा किशोरीलाई लगी बलात्कार गरेको बताए ।

किशोरीका आफन्तका अनुसार दाङ श्रीगाउँका स्थायी वासिन्दा ३२ वर्षीय वलीले सञ्चालन गरेको मनी ट्रान्सफर कम्पनीको दाङ शाखामा काम गर्ने किशोरी दिदीलाई भेटन वली परिवारसँगै एक हप्ताका लागि काठमाडौंमा गएकी थिइन् ।

काठमाडौंबाट फर्कदा माईक्रोबसको टिकट लिइसकेकी किशोरीलाई वलीले कलंकीसम्म आफ्नै गाडीमा पुर्‍याइदिने भन्दै कुरिनटारस्थित मनकामना रिसोर्टमा लगेर बलात्कार गरेको पिडित परिवारको दाबी छ ।

वलीले किशोरीलाई घटनाका बारेमा अरुलाई भनेमा मारेर फालिदिन्छु भन्ने धम्की दिएका कारण घटना भएको ५ दिनपछि मात्र प्रहरीलाई भनेको पिडित किशोरीले बताएकी छन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त दर्ता गराईसकेको र नेकपा एमाले जिल्ला कमिटि दाङमा पनि उजुरी दिएको जानकारी दिए ।

अहिले वली विदेशमा रहेको बुझिएको छ ।

बैदेशिक रोजगार ब्यवसायी समेत रहेका वली ४ मंसीरमा सम्पन्न दोस्रो संबिधानसभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर ५ मा नेकपा एमालेका तर्फबाट संबिधानसभाको उमेदवार थिए । उनी नेपाली कांग्रेसका दिपक गिरीसँग पराजीत भएका थिए ।
देविका घर्ती मगर, दाङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>