समाचारआइतबार, साउन २१, २०६९
चार विकल्पमा छलफल
शीतल निवासमा २१ साउनमा भएको छलफलमा सत्तारुढ र प्रतिपक्षी दलहरुले फरक फरक विकल्प प्रस्तुत गरेका हुन् । विपक्षी दलका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा दिनुपर्ने अनि बाँकी विषयमा छलफल गरिने धारणा राखेका थिए । सत्तारुढ एमाओवादी र सरकारमा सहभागी मधेशी मोर्चाका नेताहरुले भने संविधानमा मिल्नबाँकी विषयमा सहमति कायम भएपछि मात्रै वर्तमान सरकारको विकल्पन खोजिने तर्क गरेका थिए ।
साना दलका नेताहरुले सरकार र बाँकी विवाद टुँगा लगाउन साझा मोर्चा निर्माण गर्नुपर्ने वा संविधानसभाले सम्पन्न गरेका कामलाई टेकेर प्याकेजमै सहमति जुटाउनु पर्ने प्रस्ताव राखेका थिए ।
राष्ट्रपति यादवले छिटो सहमतिमा पुगेर सक्रमणकाल अन्त्य गर्न दलहरुलाई आग्रह गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्को चोटी राष्ट्रपति कहाँ आउँदा सहमति भयो भन्ने सन्देश लिएर आउने बताए ।
