थप समाचारबुधबार, माघ १५, २०७०

हत्या आरोपी एमाओवादी सभासदलाई उपस्थित हुन सर्वोच्चको आदेश

हिमालखबर

अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले सभासद मण्डललाई उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले १५ माघमा मण्डललाई आउँदो साता अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

एमाओवादी सभासद मण्डललाई पक्राउ गर्न भन्दै अधिवक्ता त्रिपाठीले ५ माघमा सर्वोच्चमा रिट दायर गरेका हुन् । अन्तरिम आदेश जारी गर्नु अघि छलफलका लागि सभासद मण्डल र सरकारलाई उपस्थित हुन सर्वोच्चले आदेश दिएको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

महोत्तरी सहसौला–६ का उनीविरुद्ध १६ भदौ २०६९ राति स्थानीय रामविलास मण्डलको हत्या गरेको अभियोग छ । महोत्तरी जिल्ला अदालतले मण्डललाई पक्रन आदेश जारी गरे पनि मण्डल खुलेआम हिड्दै आएका छन् ।

त्रिपाठीले दायर गरेको रिटमा मण्डलको मुद्दा फिर्ता प्रक्रिया समेत रोक्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>