समाचारबुधबार, माघ १५, २०७०
उपराष्ट्रपति झाले भने, ‘ठूलो माला नेतालाई’
१५ मंसीरमा नेपालगञ्जमा आयोजित मध्यपश्चिमाञ्चल उद्योग व्यापार एवम् जडिबुटी प्रदर्शनी मेलाको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति परमानन्द झाले चाँडै नयाँ सम्बिधान जारी गर्न सबैले दलहरुलाई दबाब दिनु पर्ने भन्दै संविधान जारी भएपछि आफूहरुले सम्मानजनक विदाईको अपेक्षा गरेको बताएका छन् ।
समारोहमा व्यवसायीहरुले उपराष्ट्रपति झालाई पाँच किलोको माला लगाइदिएपछि उनले भने, “यत्रो गह्ुँगो सम्मान मलाईं आवश्यक छैन, यो माला ठूला नेताहरुलाई लगाईदिनुहोस ।” उनले थपे, “ठूला माला लगाएपछि उहाँहरुले चाँडै संविधान दिनुहुनेछ ।”
भारतीय अवरोध र सरकारी नीतिले गर्दा जडिबुटी निकासीमा समस्या भइरहेको व्यवसायीहरुको गुनासो सुनेपछि उपराष्ट्रपति झाले समस्या समाधानका लागि आफैंले कुनै आश्वासन दिएनन् । उनले भने, “एकजना डाक्टरले त अनशन गरेर सरकारलाई झुकाउन सके, तपाईहरु त धेरै हुनुहुन्छ, संयुक्त प्रयास गर्नुहोस सरकार सुन्न वाध्य हुनेछ ।”
