समाचारबुधबार, माघ १५, २०७०
एमाओवादी केन्द्रीय समिति विघटन प्रश्ताव
पार्टी कार्यालय कोटेश्वरमा १५ माघमा बसेको बैठकले केन्द्रीय समिति विघटन प्रश्ताव गरेको हो । बैठकले सांगठनिक राष्ट्रिय सम्मेलनको मिति पनि तय गरेको छ ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी बैशाखमा सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । यसअघि विशेष राष्ट्रिय महाधिवेशन गर्ने प्रस्तावमा छलफल भए पनि सांगठनिक संरचना टुङ्ग्याउन विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उनले बताए ।
एमाओवादी अध्यष पुष्पकमल दाहालले पेश गरेको प्रस्तावमाथि छलफल गर्दै सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने टुंगोमा पुगेको सापकोटाको भनाइ छ । दाहालको प्रस्तावमाथि विभिन्न तहमा छलफल समेत हुने उनले जानकारी दिए ।
केन्द्रीय समिति बैठकले नै विशेष राष्ट्रिय सम्मेलन आयोजक समितिको घोषणा गर्नेछ । १६ माघमा बस्ने बैठकमा सम्मेलनको तयारी बारे छलफलमा हुने उनले जानकारी दिए ।
